काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलरमट्टितेलको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको हो ।
यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७।५०, दोस्रोमा १६९ र तेस्रोमा १७० रुपैयाँ पर्ने भएको छ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ भएको छ ।
घटेको मूल्य गए राति १२ बजेपछि लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।