पोखरा, १९ साउन । तमु धिं नेपाल केन्द्रीय युवा समितिले युवाहरुलाई क्षमता एवम नेतृत्व विकासका लागि तिनदिने उद्घोषण कला तालिम शनिवार सम्पन्न भएको छ ।
युवाहरुलाई बोल्ने कलाको क्षमता अभिबृद्धि, नेतृत्व विकासको लागि आयोजित तालिममा वरिष्ठ संचारकर्मी एभरेस्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र रेडियो गोर्खालीकी स्टेसन मेनेजर संचारकर्मी खिमा गुरुङले सहजीकरण गरेका थिए ।
३५ जना युवाहरुको सहभागीता रहेको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, प्रमुख प्रशिक्षक दिपेन्द्र श्रेष्ठ, प्रशिक्षक खिमा गुरुङ र तमु धिं नेपालकी केन्द्रीय सदस्य कृष्णकुमार गुरुङले तालिममा सिकेका ज्ञान ब्यवहारमा प्रयोग गर्दै व्यक्तित्व विकास, संस्थागत अग्रगती र समुदायको हितमा उपयोग गर्न सुझाव दिएका थिए । तिनदिने तालिमले सहभागीहरुलाई थप सिक्न प्रेरित हुने बताएका थिए ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुको तर्फबाट अनुभव मन्तव्य ब्यक्त गर्दै चोकबहादुर गुरुङ र अल्पिना गुरुङले तालिम अत्यन्तै उपयोगी भएको साथै सिकेका ज्ञान ब्यवहारमा प्रयोग गर्ने प्रतिवद्धता गरेका थिए ।
तमु धिं नेपाल केन्द्रिय युवासमितिको अध्यक्ष रमेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुदर्शन गुरुङले स्वागत मन्तव्य र सचिव रामप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।