
People participate in a protest march against Prime Minister Sheikh Hasina and her government, demanding justice for the victims killed in the recent countrywide deadly clashes, in Dhaka, Bangladesh, Saturday, Aug. 3, 2024. (AP Photo/Rajib Dhar)
काठमाडौँ । बंगलादेशमा भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा ५० जना भन्दा बढीको मृत्यु भएको छ ।
प्रहरी र प्रदर्शनकारीहरुबीच आज दिनभर हिंसात्मक झपप भएको थियो । बंगलादेशमा विद्यार्थी नेताहरुले सरकार विरुद्ध नागरिक अबज्ञाको आव्हान गरेसँगै भएको देशव्यापी प्रदर्शनमा अझ धेरै मानिसहरुको मृत्यु भएको हुनसक्ने बीबीसीले जनाएको छ।
आन्दोलनमा प्रहरीले अश्रुग्याँस र रबरका गोलीहरु हानेको थियो । घटनामा २०० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन । बंगलादेश सरकारले राति कर्फ्यु लगाउने घोषणा गरेको छ ।
यसअघि हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामुहिक विरोध प्रदर्शनका लागि आइतबार मध्य ढाकामा भेला भएका थिए ।
प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौं प्रदर्शनकारी र सरकारबीच आइतबार झडप हुँदा थप आठ जनाको मृत्यु भएको छ । सरकारी सेवामा आरक्षण प्रणालीविरुद्धको ¥यालीका क्रममा जुलाईदेखि शनिबारसम्म भएका हुलदङ्गामा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।
राष्ट्रव्यापी नागरिक अवज्ञा अभियानका प्रमुख प्रदर्शनकारीमध्ये एक आसिफ महमुदले समर्थकहरूलाई सरकारविरुद्ध लड्न तयार हुन आग्रह गरेका छन् । “बङ्गलादेशलाई स्वतन्त्र बनाउने तयारी गर्नुहोस्,” उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सेनाले आरक्षण प्रणालीको चर्को विरोधका बीच सरकार पुनर्स्थापना गर्न मद्दत गरिरहेको बेला केही पूर्व सैन्य अधिकारीहरू भने विद्यार्थी आन्दोलनमा सामेल भएका छन् ।
पूर्व सेना प्रमुख जनरल इकबाल करिम भुइयाँले प्रदर्शनसँग समर्थित रहेको प्रतिबिम्बित गर्दै आफ्नो फेसबुक प्रोफाइल तस्बिर रातो बनाएका छन् ।
वर्तमान सेना प्रमुख वाकर–उज–जमानले शनिबार ढाकाको सैन्य मुख्यालयमा अधिकारीसँग कुरा गर्दै भने “बङ्गलादेशी सेना जनताको विश्वासको प्रतीक हो ।”
“हामी सँधै जनताको पक्षमा उभिएका छौ र जनताको हित र राज्यको कुनै पनि आवश्यकताको समयमा जनताको साथमा हुनेछौँ,” शनिबार जारी भएको सेनाको विज्ञप्तिमा उनले भने ।
विज्ञप्तिमा सेनाले विरोध प्रदर्शनलाई समर्थन गरेको छ वा छैन भनेर स्पष्ट रूपमा भनिएको छैन ।
सरकारी सेवामा आरक्षण प्रणाली विरुद्धको ¥यालीले जुलाईमा निम्त्याएको हुलदङ्गामा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ । सेनाले केही समयका लागि आन्दोलनको अवस्था शान्त बनाएर व्यवस्था पुनःस्थापित गरेको भएतापनि प्रधानमन्त्रीको राजीनामाको माग गर्दै यस हप्ता ठूलो सङ्ख्यामा जनता पुनः सडकमा फर्किएका छन् ।

