पृथ्वी राजमार्ग दुबैतर्फी सञ्चालनमा

-


     मर्दी न्युज    
     श्रावण २१ गते २०८१ मा प्रकाशित


धादिङ । आज बिहान पहिरोका कारण गजुरी गाउँपालीकास्थित बाङ्गो भन्ने ठाँउमा अवरुद्ध पृथ्वी राजमार्ग दुबैतर्फी सञ्चालनमा आएको छ ।

सुख्खा पहिरोका कारण रुख खसेर माईक्रो बस च्यापिय पछि अवरुद्ध सडकमा पहिरो पन्छाई सडक दुबैतर्फी सञ्चालनमा ल्याइएको हो ।

सो पहिरोसंगै आएको रुखले धादिङबाट काडमाण्डौतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१००६ख६५१२ नम्वरको ईलोक्ट्रोनकि माइक्रो बसलाई चेपेको हो ।

माईक्रो बस पूर्ण क्षति पुगेको छ भने बसमा सवार सात यात्रु घाईते भएका छन् । माईक्रोबसमा १५ यात्रु सवार रहेको धादिङ प्रहरीले जनाइएको छ । राजमार्ग अहिले सुचार भई सकेको छ ।