बाङ्लादेशमा प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा, देश छाडिन्

-


     मर्दी न्युज    
     २१ साउन २०८१ मा प्रकाशित


बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छिन् । आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छाडेकी हुन् । 

बीबीसीका अनुसार उनी चढेको हेलिकप्टर भारततर्फ उडेको छ । प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले मुलुक छाडेका हुन् ।

यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भिड जम्मा भएको जानकारी दिएको हो । उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ ।

आइतबारदेखि बंगलादेशमा पुन: आन्दोलन चर्किएको हो ।