अवरुद्ध पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा

-


     मर्दी न्युज    
     ३० साउन २०८१ मा प्रकाशित


चितवन । अविरल बर्षासगैँ खसेको पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीका अनुसार विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडक दुइतर्फी सञ्चलनमा आएको हो ।

चितवनको इच्छाकामना–३ स्थित चुम्लिङ्गटारमा आज बिहान ७ बजे ढुङ्गासहित पहिरो खसेर सडक दुइतर्फी अवरुद्ध बनेको थियो । अहिले पहिरो पञ्छाएपछि सडक दुइतर्फी सुचारु भएको उनले बताए ।

यसैबिच मौवाखोला र केबलकार नजिक पनि सडक एकातर्फ अवरुद्ध बनेको थियो । ती दुबै स्थानको पहिरो हटाई दुइतर्फी सञ्चालनम आएको प्रहरी निरिक्षक भण्डारीले बताए ।