चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा बस पल्टिँदा २५ जना घाइते भएका छन्।
भरतपुर महानगरपालिका वडा नं. २९ को सत्रकिलोमा बस दुर्घटना परेको हो ।
प्रहरीका अनुसार बस दुर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएका छन् । घाइते भएका ९ जनाको भरतपुर अस्पतालमा, ८ जनाको पुरानो मेडिकल कलेजमा र ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घघटनामा परी दुई जना गंभिर घाइते भएका छन् ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको यात्रु बस गुडिरहेको अवस्थामा सडकमाथिबाट ढुङ्गा खसेपछि बसअनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।