पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले दुर्घटनामा २७ जनाको मृत्यु भएको जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार बसमा ४१ यात्रु, चालक र सहचालक दुई गरेर ४३ सवार थिए। दुर्घटनाका गम्भीर घाइते १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये ११ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।