पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्ध

-


     मर्दी न्युज    
     भाद्र १६ गते २०८१ मा प्रकाशित


धादिङ । थाक्रे गाउँपालीका स्थित आठ किलो भन्ने स्थानमा पहिरोका कारण पृथ्वी राजमार्गको धार्के महादेवी सडक खण्ड अवरुद्ध भएको छ । विहानदेखिपरेको अविरल वर्षसंगै खसेको पहिरोका कारण राजमार्ग अबरुद्ध भएको हो ।

राजमार्गअवरुद्ध हुदा संघीय राजधानी काठमाण्डौ प्रवेशका लागि आएका र राजधानीबाट बाहिरीने सयौ सवारीका साधानहरु सडकमा नै रोकिएको छ ।

पहिरो पन्छाउनकालागि महादेवबेंशीदेखि प्रहरीको टोलीसहित उपकरण लिएर पहिरो खसेको स्थानतर्फ जाँदैगरेको महादेवबेशी प्रहरीले जनाईएको छ।