काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले समितिको कार्यवधि १५ दिनका लागि थप गरेको हो ।
बैठकमा छानविन समितिका सभापति सूर्य थापाले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराउँदै समय अपुग भएको भन्दै म्याद थपका लागि प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा छानविन समितिको म्याद १५ दिन थपिएको हो ।
यसअघि समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । जसअनुसार समितिको यही २२ गते प्रतिवेदन बुझाउने समय सीमा निर्धारण गरिएको थियो । समितिको पहिलो बैठक जेठ २३ गते बसेको थियो ।