पोखरा । सहकारीबाट लगेको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लाथि चौथो पटक आज कास्की अदालतमा लगिएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद शनिबारबाट सकिएपछि पुन म्याद थपको लागि आइतबार अदालतमा पेस गरिएको हो ।
लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डिआइजी छविलाल जोशी, लीला पछाईं र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सगठित अपराधको समेत मुद्दा छ ।
कात्तिक २ मा काठमाडौंमा पक्राउ गरी भोलिपल्ट बिहानबाट रवि कास्की प्रहरीको हिरासतमा छन् । यसअघि उनको ३ पटक म्याद थप भइसकेको छ ।