पोखरा । रास्वपाका सभापति रवि लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं पुर्याइएको छ ।
सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि पुर्याइएको हो ।
कास्कीको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा रहेएका सभापति लामिछानेलाई काठमाडौँ जिल्ला प्रहरी परिसरमा लगिएको छ ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे थप अनुसन्धान गर्न उनलाई बिहीबार बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइएको पठाइएको कास्की प्रहरीले जनाएको छ । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।