उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो

-


     मर्दी न्युज    
     १६ मंसिर २०८१ मा प्रकाशित


काठमाडौँ । आज सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ ।

नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष समेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको नर्वाचन आयोगले जनाएको हो ।

उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको आयोगका प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिएका छन् ।

आजैबाट मतगणना सुरु गर्ने गरी आयोगले तयारी गरेको छ । मतदान सम्पन्न भएसँगै मतदान केन्द्रहरूबाट मतपेटिका सङ्कलनको काम भइरहेको छ ।