चीनका राष्ट्रपति सी चिनफिनद्वारा नेपाललाई करिब रु नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा

-


     मर्दी न्युज    
     १८ मंसिर २०८१ मा प्रकाशित


काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई करिब रु नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिनले यस्तो घोषणा गरेको हो । सि चिनपिङले ५०० मिलियन आरएमबी अनुदान सहयोगको घोषणा गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि चिनियाँ राष्ट्रपति सीले सहयोग रकम घोषणा गरेको हो। चिनियाँ पाँच सय मिलियन आरएमबी अनुदान सहयोग गर्ने घोषणा गरेको हो। यो रकम नेपाली रुपियाँ नौ अर्ब हुन्छ।

नेपालका प्रधानमन्त्री ओलीले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी र चिनियाँ राष्ट्रपतिसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

मङ्गलबार बिहान ओली र चिनियाँ प्रधानमन्त्री ली चियाङबीच बेइजिङमा भेटवार्ता भएको हो। उनीहरूको उपस्थितिमा दुई देशका अधिकारीहरूले पारस्परिक सहयोगका लागि विभिन्न नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा आर्थिक सहकार्य, व्यापार प्रवर्धन र भौतिक संरचना निर्माणका विषय समेटिएका छन्।