गढीमाई मेलाबाट फर्कदै गरेको स्कार्पियो दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते

-


     मर्दी न्युज    
     २५ मंसिर २०८१ मा प्रकाशित


सिरहा । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो गएराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार आठ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना घाइते भएको रौतहटका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक सबैको शव चन्द्रनिगाहपुरकै सिभिल हस्पिटलमा राखिएको छ । सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने प्रहरीले बताएको छ ।

सिरहाको अर्नमा गाउँपालिका(३ बाट गढीमाई मेला गएको र फर्किन लागेको बेला दुर्घटनामा परेको बताइएको छ ।