विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

-


     मर्दी न्युज    
     २७ मंसिर २०८१ मा प्रकाशित


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनायो।

विराटनगरका लागि स्कट एडवार्डले ४५ रन बनाउँदा लोकेश बमले २६ रन बनाए। त्यस्तै निकोलस कीर्टनले १९ रन बनाउँदा बसिर अहमदले २१ रन बनाएर अविजित रहे।

पोखराका लागि सागर ढकालले २ विकेट लिँदा रेमन रेइफर, दिनेश खरेल र कुशल भुर्तेलले समान १/१ विकेट लिए।

चार खेल खेलिसक्कदा पोखरा र विराटनगरले समान १ खेल जित्दै २ अंक मात्र जोडेका छन्।