पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबार कास्की अदालतले ४ दिन थप हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की जिल्ला अदालतले जानकारी दिएको छ ।
पुस ५ मा सरकारी वकिल कार्यालयले रविविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
लामिछाने कार्तिक २ गते वनस्थलीबाट पक्राउ परेका थिए । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित ५ जना थुनामा छन् ।