जिबी राईसहित १९ जनाविरुद्ध सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता

-


     मर्दी न्युज    
     ५ पुस २०८१ मा प्रकाशित


पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जिबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको छ ।

यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलाइका राई लगायत १९ जनामाथि सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धिको कसुर पुरक अभियोगका रुपमा थपिएको हो ।

अदालतमा मुद्दा विचाराधीन रहेका राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गरिएको सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिए । ‘मुद्दा विचाराधीन रहेका १९ जनाविरुद्ध आज पूरक अभियोग दर्ता भएको छ’ शर्माले भने ।

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक एवम पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध भने आइतबारमात्र कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारी गरिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य मुख्य योजनाकार जिबी राइसहित ३७ जना फरार छन् । प्रहरी सरकारी वकिकको कार्यलयलाई बुझाएको प्रतिवेदनमा उक्त सहकारी ठगी अभियोगमा एक अर्ब ५१ करोड ४० लाख रुपियाँ बिगो कायम गर्न राय दिइएको छ ।