डिपी अर्यालले पाए रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी 

-


     मर्दी न्युज    
     ८ पुस २०८१ मा प्रकाशित


काठमाडौँ । डोलप्रसाद (डिपी) अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति बनेका छन् ।

आज बसेको पार्टी सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

रास्वपा सचिवालय बैठकले सभापति लामिछानेको सिफारिसमा अर्याललाई कार्यवाहक सभापति बनाएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ ।