पोखरा । गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरूङ पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले स्रोतका अनुसार गुरूङलाई मंगलबार दिउँसो घरबाट पक्राउ गरेको हो ।
मीना गुरुङ २०६५ देखि २०६८ सम्म सूर्यदर्शन सहकारीकी सञ्चालक समिति सदस्य थिइन् । उनी रहेको समितिले दुई पटक गरी ५३ लाख ७६ हजार ३०८ रुपैयाँ र २६ लाख ७७ लाख ४०१ रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरूको सूचीमा गुरुङको नाम पनि छ । गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो ।