![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2024/12/rabi-lamichhane-2.webp?fit=1024%2C768&ssl=1)
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् । जिल्ला अदालत, कास्कीमा बिहीबारदेखि सुरु थुनछेक बयानमा उनले सहकारी ठगीमा संलग्नता नरहेको भन्दै बयान दिएका हुन् ।
कास्की प्रहरीले ९० दिनसम्म गरेको अनुसन्धानका आधारमा लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो । सरकारी वकिलको कार्यालयले हालेको अभियोग पत्रका आधारमा विहीवार न्यायाधीस नितिज राईले लिएको बयानमा उनले ईन्कारी बयान दिएका छन् । थुनछेक बयानका क्रममा उनले प्रहरीको प्रतिवेदन र अभियोग पत्रमा जस्तो आफूले सहकारीको रकम अपचलन वा दुरुपयोग नगरेको जिकीर गरेका हुन् । उनले आफूले सहकारीको रकम ननिकालेको तथा सहकारीको रकम गोर्खा मिडियामा आएको बारे पनि जानकारी नभएको जिकीर गरेका छन् ।
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा शुरुमा पूर्व डिआईजी छविलाल जोशीसँग बयान लिइएको थियो । उनीपछि लिला पछाईको बयान मंगलबार र विहीबार लिइएपछि रविको बयान लिन शुरु गरिएको हो । रविको बयान नसकिएकाले शुक्रबार पनि निरन्तर चल्नेछ ।