कालिकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

-


     मर्दी न्युज    
     १४ पुस २०८१ मा प्रकाशित


काठमाडौँ । कालिकोटमा ओडानाकु केन्द्रबिन्दु भएर आज पनि भूकम्प गएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति पनि कालीकोट केन्द्रबिन्दु भएर ३.७ म्याग्नीच्युडको भूकम्प गएको थियो । पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा ६ जिल्लामा आठ वटा भूकम्प गइसकेका छन् ।