रवि लामिछानेसहित ७ जनाको थुनछेक बहस सुरु

-


     मर्दी न्युज    
     १६ पुस २०८१ मा प्रकाशित


पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ ।

कास्की जिल्ला अदालतका अनुसार मंगलबार सबै प्रतिवादीहरूको बयान सम्पन्न भएको हो। बयान सकिएलगत्तै थुनछेक बहसको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएइको छ ।

रविसहित गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी, जीविका सोझदार लीला पछाइ, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरुङको बयान लिएको हो । सबै प्रतिवादीहरूको बयान सकिएसँगै आजैबाट थुनछेक बहस थालिएको हो ।