काठमाडौंमा भूकम्पको धक्का महसुस

-


     मर्दी न्युज    
     १८ पुस २०८१ मा प्रकाशित


काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा भूकम्प गएको हो ।

सिन्धुपाल्चोकको मेलम्ची माझिटारलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले काठमाडौँ उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म हल्लाएको थियो ।

यसअघि १६ पुसमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।