आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहान ८:०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । हालसम्म कुनै क्षति वा मानवीय क्षतिको जानकारी प्राप्त भएको छैन। भूकम्पको झट्का नजिकका क्षेत्रहरूमा महसुस गरिएको थियो, जसले गर्दा स्थानीयहरूमा सामान्य त्रास फैलिएकाे थियाे ।
बिहीबार सिन्धुपाल्चोकको मेलम्ची माझिटारलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प गएको थियो ।