सुन गोहोरोसहित दुई जना पक्राउ

-


     मर्दी न्युज    
     २२ पुस २०८१ मा प्रकाशित


काठमाडौँ । विराटनगर महानगरपालिका-१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् । 

भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो । 

प्रहरीले  सुनसरीको बर्जु गाउँपालिका-१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेवलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।