सहकारी ठगी प्रकरण: धरौटी बुझाएर रिहा भइन् लीला पछाईं

-


     मर्दी न्युज    
     २६ पुस २०८१ मा प्रकाशित


कास्की । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं धरौटी बुझाएर रिहा भएकी छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो । पछाईंलाई अदालतले ३७ लाख धरौटी कायम गरिएको थियो ।

बिहीबार धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङ रिहा भएका थिए । अन्य ६ जना बिहीबार नै धरौटी बुझाएर रिहा हुँदा लीलाले भने बुझाएकी थिइनन् । आज धरौटीमा बुझाएर रिहा भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।