पूर्वी नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलाको पुल भाँसिदा पूर्व पश्चिम राजगर्मा पूर्ण रुपमा अवरुद्ध भएको छ ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलाको पुल भाँसिएपछि यातायात पूर्ण रुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।
आज साँझ करिब ५ बजेको समयमा पुलको बिच भाग आफै भाँसिएपछि यातायात अवरुद्ध भएको हो । पुल तत्काल मर्मत गरि संचालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको उनले बताए ।
डाइभर्सन निर्माण गरि यातायात सुचारु गर्न केही समय लाग्ने उनले बताए ।