रास्वपाका सभापति लामिछाने काठमाडौँ जिल्ला अदालतमा हाजिर

-


     मर्दी न्युज    
     २८ पुस २०८१ मा प्रकाशित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका छन् ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी आज जिल्ला अदालतमा हाजिर भएको हो । आजै थुनछेकको बहस हुने पनि बताईएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएको थियो । लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएपनि पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले उनी आज मात्र अदालतमा हाजिर भएको हो ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।