राष्ट्रपतिले रोके भूमिसम्बन्धी अध्यादेश, बाँकी चार वटा अध्यादेश जारी

-


     मर्दी न्युज    
     २९ पुस २०८१ मा प्रकाशित


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका पाँचमध्ये एउटा अध्यादेश रोकेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

तर, मंगलबार राष्ट्रपति पौडेलले चार वटा मात्रै अध्यादेश जारी गरेका छन् ।

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो ।

तर, राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिमा उक्त अध्यादेश जारी गरिएको विवरण उल्लेख छैन ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनकै क्रममा रहेको छ ।