आज देशभर आंशिक बदली

-


     मर्दी न्युज    
     ३ माघ २०८१ मा प्रकाशित


काठमाडौँ । पश्चिम न्यून चापीय प्रणालीका कारण गएरातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ ।  सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले देशको मध्य र पश्चिमी भू-भागहरूमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको जानकारी दिए ।

यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ । भोलि शुक्रवारदेखि भने मौसममा सुधार हुने सम्भावना रहेको जनाइएको छ ।