फोनिज कास्कीको अध्यक्षमा विनुकुमारी थापा

-


     मर्दी न्युज    
     ४ माघ २०८१ मा प्रकाशित


पाेखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको अध्यक्षमा विनुकुमारी थापा निर्वाचित भएकी छन् ।

फोनिज कास्कीका शुक्रबार पोखरामा सम्पन्न अधिवेसनले थापाको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित थापा प्रेस सेन्टर गण्डकीकी सचिव हुन् ।

समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिवमा देविका तामाङ, सहसचिवमा प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा अल्चना श्रेष्ठ, हुमबहादुर गुरुङ, विनिता राना (सोनु) र वर्षा गुरुङ चयन भएका छन् । बाँकी ४ सदस्य पछि थप गरिने जनाइएको छ ।

यसअघि अधिवेशनको फोनिज गण्डकीका ईञ्चार्ज मानबहादुर घर्ती (एमबी आस्था) र तमु धिँ नेपालकी संस्थापक अध्यक्ष तथा समाजसेवी कर्मकुमारी गुरुङले उद्घाटन गरेका थिए ।