संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

-


     मर्दी न्युज    
     ७ माघ २०८१ मा प्रकाशित


काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति राम चन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते दिउसो ३ बजे संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए ।