राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

-


     मर्दी न्युज    
     ८ माघ २०८१ मा प्रकाशित


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ ।

आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।