गण्डकी प्रदेश स्थापना दिवसमा भाेलि सार्वजनिक विदा

-


     मर्दी न्युज    
     २१ माघ २०८१ मा प्रकाशित


गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा भाेलि सार्वजनिक विदा दिएको छ। प्रदेश सरकारको २०८१ माघ २१ गतेकाे निर्णय अनुसार भोलि माघ २२ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले विज्ञप्ति निकालेर जानकारी गराएका हुन् ।

गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा विदा दिने निर्णय भएको हो ।

गण्डकी प्रदेशको स्थापना २०७२ सालको माघमा भएको हो । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।