
चितवनको भरतपुर-२९ गाईघाटमा रात्रीबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलवाट करिब २० मिटर तल खोल्सिमा खसेर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् ।
बस आज बिहान पौने पाँच बजे सेतीदोभानस्थित गाईघाटमा गाडीको ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।