राष्ट्रिय सभामा सामाजिक सञ्जाल सम्बन्धी विधेयक पेश

-


     मर्दी न्युज    
     माघ २७ गते २०८१ मा प्रकाशित


काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेको छ । आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले सामाजिक सञ्जाल विधेयक २०८१ पेश गरेका हुन् । 

उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनका लागि विधेयक ल्याइएको जानकारी दिए । सामाजिक सञ्जालको सही तवरले प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जबाफदेही बनाइ सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन खोजिएको उनले बताए।

त्यस्तै बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रिय सभाको अर्को बैठक सोमबार बोलाइएको छ ।