पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते, थप उपचारका लागि काठमाडौं लगियो

-


     मर्दी न्युज    
     फागुन ३ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।

भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन् पड्किएर आगो लाग्दा उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य घाईते भएका हुन् । उद्घाटनलाई भव्य बनाउन बालिएको झिरपटाकाको झिल्कोले हावा भरिएको बेलुनलाई भेटेर बेलुनमा आगो लागेका थिए ।

त्यस लगत्तै प्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको थियो भने उपपप्रधान तथा अर्थमन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । सामान्य उपचारपछि हाल उनीहरुलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।