घट्यो डिजेल र मट्टितेलको मूल्य

-


     मर्दी न्युज    
     फागुन १७ गते २०८१ मा प्रकाशित


काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य प्राप्त भएपछि निगमले नेपालमा पनि समायोजन गरेको हो ।

निगमले १ मार्चदेखि लागू हुने गरी प्रति लिटर डिजेल र मट्टितेलको मूल्यमा १ रुपैयाँले घटाउने निर्णय गरेको छ ।

खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ६ रुपैयाँ २७ पैसा र पेट्रोल लिटरको ५० पैसा बढेर आए पनि हाललाई यथावत् राख्ने निर्णय शुक्रबार बसेको निगम सञ्चालक समितिले गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।