
काठमाडौँ । अमेरिकाले निष्कासन गरेका ८ जना नेपाली काठमाडौँ आइपुगेका छन् ।
उनीहरू जीआरपी-२३ चार्टर विमानमार्फत आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट आधिकारिक कागजात नभएका नेपालीलाई घर फर्काइरहेका छन् ।
