नाबालिग बलात्कार आरोपमा एकीकृत समाजवादी स्याङ्जा अध्यक्ष पक्राउ 

-


     मर्दी न्युज    
     २२ फाल्गुन २०८१ मा प्रकाशित


नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरी नाबालिग बलात्कार आरोपमा पक्राउ परेका छन्। नाबालिकालाई बलात्कार गरेको आरोपमा फागुन २० गते गिरीलाई स्या‍ङ्जाबाट पक्राउ गरिएकाे कास्की प्रहरीले जनाएकाे छ ।

फागुन २ गते जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको हो । स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राखेर अनुसन्धन गर्न अनुमति दिएको छ ।

गिरी नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका उपाध्यक्ष समेत हुन्।