जंगली हात्ती गोविन्देको आक्रमणबाट मृत्यु

-


     मर्दी न्युज    
     फागुन २५ गते २०८१ मा प्रकाशित


चितवन । पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका-७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार रत्ननगर-७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीले आक्रमण गरेको हो । जंगली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । रासस