
पोखरा । पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्न दिने निर्णय गरेको छ । सोमबार महानगरपालिकामा बसेको बैठकले कोटिहोम आयोजनाको लागि सहमति जनाएको छ ।
कोटीहोमको आयोजनास्थल सम्बन्धी विवाद समाधानका लागि पोखरा महानगरपालिका र आयोजक मानव सेवा फाउन्डेसन संवादमा बस्न तयार भएका छन् । फाउन्डेसनले फेवाताल किनारमा रहेको नेपाल ट्रस्टको जग्गामा कोटीहोम सञ्चालन गर्ने तयारी गरेपछि विवाद सुरु भएको हो । महानगरले बिना अनुमति कोटीहोम गर्न नदिने बताउँदै आएको छ ।
सोमबार स्थानीय प्रशासन र सुरक्षा निकायका प्रतिनिधिसमेतको बैठकले समस्या समाधान गर्न पाँच सदस्यीय समिति गठन गर्ने प्रस्ताव गरेको छ । समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, पोखरा महानगरका दुई प्रतिनिधि र फाउन्डेसनका दुई जना रहने गरी वार्ता समिति बनाउने समझदारी बनेको छ ।
मंगलबार बस्ने पोखरा महानगरपालिकाको बैठकले यस विषयमा टुंगो लगाउने बताइएको छ ।