कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

-


     मर्दी न्युज    
     फागुन २७ गते २०८१ मा प्रकाशित


पोखरा । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको सैमराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो ।