सिचुआन एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा अवतरण

-


     मर्दी न्युज    
     चैत्र ५ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान थालेको छ ।

पहिलो उडानको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार छेन्दुबाट आएको यो जहाजबाट १ सय २८ यात्रु पोखरा ओर्लिएका छन् । पोखराबाट १ सय २० यात्रु सोही उडानबाट छेन्दु जानेछन् ।

पोखरामा यसअघि प्रवर्द्धनात्मक चार्टर उडान भए पनि नियमित उडान सुरु हुन सकेको थिएन । अब सिचुआनले नियमित चार्टर उडान गर्ने भएको छ । यसले पोखरा घुमफिरमा आउन चाहने चिनियाँ पर्यटकले अब काठमाडौं ओर्लनुपर्ने बाध्यता हट्ने छ ।