२५ करोडसहित पक्राउ परेका व्यक्तिको परिचय खुल्यो, ट्रक चालक कुन्साङ भरिया मात्रै

-


     मर्दी न्युज    
     चैत्र ५ गते २०८१ मा प्रकाशित


काठमाडौँ । आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।

उनलाई आज बिहान प्रहरीले काठमाडौँको झोर क्षेत्रबाट पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार २५ करोड नगदसहित पक्राउ सिन्धुपाल्चोकका ३९ वर्षीय कुन्साङ लामाले आमाको नाममा निकालिएको ट्रक चलाउँदै आएका थिए ।

प्रारम्भिक बयानका क्रममा उनले आफूलाई दुईजना अपरिचित व्यक्तिहरूले अमेरिकी डलर र युरोपियन मुद्रासहितको रकम रसुवागढी हुँदै केरुङसम्म लगिदिन भनेका बस्नेतले बताए ।

‘दुईजना अमुक व्यक्तिले रकम दिएको कुरा उनले हामीलाई खुलाएका छन्’, उनले भने, ‘अहिलेसम्मको अनुसन्धानमा कुन्साङभरिया मात्रै रहेको खुलेको छ । रकम दिने दुई व्यक्तिबारे अहिले अनुसन्धान भइरहेकाले केही खुलिसकेको छैन ।’

कुन्साङ यसअघि कलंकीबाट ७ केजी सुनसहित पक्राउ परेर ५ वर्ष जेल बसेपछि २०७८ सालमा रिहा भएको पनि खुलेको छ ।