चैत्र २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

-


     मर्दी न्युज    
     चैत्र ६ गते २०८१ मा प्रकाशित


सरकारले  यही चैत्र २४ गते रामनवमीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।  चैत्र ४ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले चैत्र २४ गते रामनवमीका दिन सार्वनजिक बिदा दिने निर्णय भएको जानकारी दिए।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता गुरुङले बताए ।

अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने तथा सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्ति गर्ने निर्णय भएको उनले जानकारी दिए ।