
हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभावले अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय अपनाउन विभागको आग्रह छ ।