स्याङ्जाको मझकोटमा विंगर गाडी दुर्घटना , एक महिलाको मृत्यु

-


     मर्दी न्युज    
     चैत्र १० गते २०८१ मा प्रकाशित


स्याङ्जा । वालिङ नगरपालिका—७, मझकोटमा विंगर गाडी दुर्घटना हुँदा एक जनाको महिलाको ज्यान गएको छ ।

वालिङ—७, हिलेपानी बस्ने ४८ वर्षिय दिलसरा आलेको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

केँवरेबाट पोखरा हिँडेको ग १ ज ७५११ नं को विंगर दुर्घटना भएपछि चालक सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ ।

स्थानीयले करिव ७ बजे मझकोटमा उक्त सवारी साधन दुर्घटनाग्रस्त अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । दुर्घटना कति बेला र कसरी भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।