पीएन क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खस्यो

-


     मर्दी न्युज    
     चैत्र १० गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खसेको छ ।

क्याम्पस प्रमुख हरिप्रसाद पाठकका अनुसार ७ हजार ४ सय ४ जना मतदाता रहेकोमा २ हजार ८९७ अर्थात् ३९ दशमलव १२ प्रतिशत मत मात्रै खसेको हो ।

क्याम्पसमा ९ हजार २ सय ७० जना विद्यार्थी रहेकोमा कार्ड नलगेका कारण मतदाताको संख्या कम भएको हो ।

विद्यार्थी प्रतिनिधिसँग बैठक बसेर गणना गरिने उनले बताए । गत ५ चैतमा रोकिएको मतदान आज भएको हो ।